अबको विश्व प्रवृत्ति सांस्कृतिक बहु-ध्रुवियता र सांस्कृतिक साम्राज्यवादका बिचको द्वन्द
Published on: April 3, 2025
-भरत दाहाल-
आजको विश्व ध्रुवीकरण ‘बहु-ध्रुवियता’ को विषयका वरिपरि केन्द्रित हुन पुगेको छ । यो विषयले गैर-पश्चिमा युगकाे चिन्तन, दृष्टिकोण, विचारधारा, व्यवस्था प्रणाली और मनिसहरूको जीवन पद्धति सबैको एकमुष्ट रूपमा प्रतिनिधित्व गर्दछ । पुरानाे र नयाँ युगकाे टकराउकाे वर्तमान चरण ‘बहु-ध्रुवियता’ को व्यापक अन्तर्वस्तुलाई मिहिन ढंगले बुझ्न जरूरी देखिन्छ । आजको सांस्कृतिक ध्रुवीयताको अवधारणालाई हिजाेको राजनीतिक, सामरिक वा आर्थिक ध्रुवीकरणका रूपमा बुझनु गलत हुन जान्छ।
ध्रुवियतालाई विविध कोणहरूबाट परिभाषित गर्ने गरिएको छ । राजनीतिक ध्रुव, आर्थिक ध्रुव, सामरिक ध्रुव, भौगोलिक ध्रुव यसका उदाहरण । स्थायी आधार भनेको सभ्यता, संस्कृति र परम्पराहरू हुन् । माथी में उल्लेख गरिएका ध्रुवहरू मध्ये राजनीतिक ध्रुवलाई केन्द्र बिन्दुमा राखेर पश्चिमा नव-उदारवादी जगतले मूल्यमा आधारित विश्व व्यवस्थाको कुरा गर्दै अाएकाे छ । पश्चिमा राजनीतिक मूल्यहरूको जग प्रोटेष्टेन्टवाद हो; जो द्वेष, निषेध, द्वन्द्व विभाजनको दर्शनमा आधारित छ । यसैका आधारमा पश्चिमा विचारधारा र मूल्यहरुको विकास भयो ।

राजनीतिक/आर्थिक परिवर्तनहरू क्षणिक प्रकृतिका हुन्छन् । यस्ता परिवर्तनमा आधारित ध्रुवहरू स्थायी हुँदैनन् । तत्कालिन सोभियत संघ र पश्चिम नव-उदारवादी वृत्तमा सुरू भाएको विघटन यसका उदाहरणहरु हुन् । यस्ता ध्रुवहरूले नियमित रूपमा अस्थिरता ल्याइरहन्छन् र यी भराेसायोग्य पनि हुँदैन्न । ध्रुवियताका स्थायी आधार भनेका सभ्यता, संस्कृति र परम्परागत मूल्यहरु हुन् । बाँकी ध्रुवहरूले यसको पूरकका रूपमा भूमिका मात्र खेल्न सक्दछन् ।
अहिले भैरहेको विश्व ध्रुवीकरणको मूलाधार विश्वका माैलिक सभ्यता संस्कृति र परम्पराहरूकाे स्वतन्त्र अस्तित्व नै हुनु पर्दछ । यो नै कुनै राष्ट्र वा क्षेत्रको स्थायी पहिचान हो । पश्चिमी सभ्यताले विश्वका कुनै पनि विषय, घटना वा सन्दर्भहरूलाई हर्ने मूल आधार राजनीतिक मूल्यहरूलाई बनाएको थियो । अब यो राजनीतिक अवधारणाकाे युगकाे अन्त्य हुँदैछ र यसकाे ठाउँ सांस्कृतिक अवधारणाले लिंदैछ । यसले मात्र स्थायी रूपमा कसैको माैलिकता, पहिचान र स्वतन्त्र अस्तित्वलाई परिभाषित गर्न सक्दछ ।
नव-उदारवादका विरूद्धकाे संघर्षका बिचमा अर्को एउटा परम्परावादी रूझानको विकास हुन थालेको छ। ट्रम्पपन्थकाे नाममा संयुक्त राज्य अमेरिकामा चार्कीको ‘अमेरिका पहिलाे’ र ‘अमेरिकालाई फेरी महान बनाअाैँ’ भन्ने नारा नव-उदारवादका विरूद्धमा नै केन्द्रीत छन् तर वैश्चिक दक्षिणले अघी बढाएको नव-उदारवाद विरोधि संघर्ष र ट्रम्पको नव-उदारवाद विरोधि नारा बिचमा गुणात्मक भिन्नता छ । वैश्चिक दक्षिणले बहु-ध्रुविय विश्वको निर्माणको अर्थमा नव-उदारवादका विरूद्धमा ध्रुविकरण सुरू गरेकाे छ र यस्ता ध्रुवका आधारहरू विविध सभ्यता, संस्कृति र परम्पराहरू हुन भने ट्रम्पपन्थकाे अभिष्ट अमेरिकी वर्चश्वको (खास गारी एङ्लो-सेक्सन वर्चश्व) एक ध्रुविय विश्वको निर्माण गर्नु हो।
ट्रम्पन्थले बाँकी दुनियाँमा एङ्लो-सेक्सन मूल्य र अमेरिकी हितमा आधारित मान्यताहरू थाेपर्न चाहेकाे छ । क्यानडा र ग्रीनल्याण्डको अधिग्रहण, पनामा नियन्त्रण, डलर प्रयोग नगर्नेहरूलाई दिईएकाे सतप्रतिसत कर बृद्धिको धम्की तथा अमेरिका गएका आप्रवासीहरूले तिनीहरूकै परम्परागत् मूल्यहरू मान्नु पर्ने भनि दिन थालिएको दबाब यसका उदारहरणहरू हुन । यसैबाट नै स्पष्ट हुन्छ कि ट्रम्पपन्थ सांस्कृतिक साम्राज्यवादका रूपमा उदाउन खोजिरहेको छ । जबकि रूस-चीन नेतृत्वको विश्विक दक्षिणले स्वतन्त्र र माैलिक राष्ट्रिय सांस्कृतिक व्यवस्था प्रणालीहरूकाे कुरा गरिरहेको छ ।
ट्रम्पवादको उत्पत्तिको गर्भ नव-उदारवाद नै हो र यो त्यसकाे उप-उत्पादन (Byproduct) मात्रा हो । दुबैको दार्शनिक वैचारिक तथा मूल्यगत् आधार साम्राज्यवाद हो। ट्रम्पन्थले अमेरिकी नेतृत्वको पश्चिमा सभ्यताको वर्चश्वको परिकल्पना गर्ने हन्टिङ्नटनलाई पछ्याएको छ भने नव-उदारवादले फुकुयामालाई । अमेरिकी परम्परावाद र उत्तर आधुनिक अमेरिकी उपभोक्तावाद यी दुइका बिच रहेका मुख्य अन्तरहरू हुन् दुबैको साझा मान्यता अमेरिकी नेतृत्व र वर्चश्वको विश्व निर्माण भन्ने रहको छ। भार्खरै आकार लिन कोसिस गरिरहेको हुँदा ट्रम्पपन्थ अझै विविधतापूर्ण र विच्छृङखलित अवस्थामा रहेकाे छ । यो ठोस विचारधाराका रूपमा विकसित भैसकेकाे छैन ।
नव-उदारवाद पूर्ण पतनकाे प्रक्रियामा छ । यो पूर्वावस्थामा अाउने सम्भावना अब छैन । यसर्थ, विश्व ध्रुवीकरणको वर्तमान रूझानले के देखाउँछ भने अबको विश्व प्रवृत्ति सांस्कृतिक बहु-ध्रुवियतामा र अमेरिकी सांस्कृतिक साम्राज्यवादका बिचको टकराका रूपमा अगाडी बढ्नेछ । युरोपमा उदाईरहेको पारम्परावादी शक्ति भविष्यमा ट्रम्पन्थसँग कसरी समायाेजन हुन्छ भन्ने कुराको किटान गर्न अहिले गाह्राे छ तर विश्वको वर्तमान भू-राजनीतिक ध्रुवीकरणमा अमेरिका एउटा महाशक्तिका रूपमा रहिरहन त संभव छैन तर ट्रम्पपन्थले नव-उदारवादका ठाउँमा विस्तारै आकार लिने कुरामा भने शंका छैन ।
Comments
Comments are closed for this post.