नक्कली काली खण्ड बनाई भारत सरकारले लिपुलेक क्षेत्रमा सडक विस्तार
Published on: April 3, 2025
प्रेस विज्ञप्ति
वास्तविक काली नदीको नाम परिवर्तन गरेर नक्कली काली नदी बनाइ इन्डियन सत्ताले लिपुलेक क्षेत्रमा सडक विस्तार गरेको छ। यो काम नेपालको भूमि मिच्दै गरिएको छ, जसले नेपालको सार्वभौमिकतामा आँच पुर्याउने कार्य हो। भारतीय संसदमा पारित गरिएको नक्शा पूर्ण रूपमा गलत छ र नेपालले यसलाई अस्वीकार गर्दछ।
लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग नेपाली भूमिबाट नै जान्छ। नेपाली भूभागमा पर्ने गुंजी, नाभी, कालापानी, माला, लामरी, गरब्याङ लगायतका गाउँहरू नेपालकै हुन्। भारतले एकतर्फी रूपमा सडक विस्तार गर्नु र नेपालको भूमि अतिक्रमण गर्नु पूर्ण रूपमा आपत्तिजनक छ।
नेपाल सरकारलाई आग्रह गर्दछ कि तत्काल कूटनीतिक पहल मार्फत लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र नेपालको अविभाज्य अंग भएको कुरा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गरोस्। नेपाली भूमि रक्षाका लागि नेपाली जनता एकजुट रहनेछन्।
बदल कुँवर
प्रवक्ता, त्रिमूल नेपाल
मिति: २०८१ जेष्ठ १७

Comments
Comments are closed for this post.